काठमाडौँ– नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। बैंकले आज (बिहीबार) एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो।
नयाँ विशेषतासहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने बैंकले जनाएको छ।
साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ सूचनामा उल्लेख छ।