वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो - Chaitanya News
  • 2026-04-29
  • 22:49:10
  • बुधबार,बैशाख १६, २०८३
  • वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो

    वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढ्यो

    काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ।

    आज (बुधबार) मन्त्रालय मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो।

    मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ।

    पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए। त्यतिबेला विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। अहिले फेरि मन्त्री नभएको बेलामा परिपत्र भएको हो।

    यसअघि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो। तर मलेसियाको हकमा भने मेडिकल व्यावसायीले ९ हजार ८ सय रुपैयाँ लिने गरेका थिए।