काठमाडौँ– हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय तहका प्रमुख निकायका चार जना सचिवको सरुवाहरुको गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। त्यस्तै, कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ।
मधेश प्रदेशका सचिव मदन भुजेललाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा स्थानान्तरण गरिएको छ। सो मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गर्दै रक्षा सचिवको जिम्मेवारी दिइएको छ।