प्रचण्डले गठबन्धन तोडेर जानुभयो, हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल - Chaitanya News
  • 2026-05-07
  • 10:09:38
  • बिहिबार,बैशाख २४, २०८३
  • प्रचण्डले गठबन्धन तोडेर जानुभयो, हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल

    प्रचण्डले गठबन्धन तोडेर जानुभयो, हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल

    काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर गएको बताएका हुन्। बैठकको बीचमै बालुवाटारबाट निस्केर प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट हिँडेका थिए।

    बैठकपछि पौडेलले भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो। गठबन्धन कायम राख्नुपर्थ्यो। अब हाम्रो हातमा केही बाँकी रहेन। सरकार हाम्रो हातबाट बाहिर गयो। अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो।’