प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश - Chaitanya News
  • 2026-10-17
  • 19:46:58
  • शनिबार,कार्तिक ०१, २०८३
  • प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

    प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

    काठमाडौँ– सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारवाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ।

    राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए।

    त्यही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो।