पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर नयाँ पार्टी खोल्यौँ - Chaitanya News
  • 2026-05-08
  • 11:10:29
  • शुक्रबार,बैशाख २५, २०८३
  • पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर नयाँ पार्टी खोल्यौँ

    पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर नयाँ पार्टी खोल्यौँ

    काठमाडौँ– पूर्वमन्त्री जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेको दाबी गरेका छन्।

    आज (आइतबार) राष्ट्रिय सभा गृहमा पार्टी एकता घोषणा सभामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणपत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। जेनजी विद्रोहपछि पनि पुराना दल रूपान्तरण हुने लक्षण नदेखिएकाले नयाँ पार्टी गठन गरेको उनको दाबी थियो।

    ‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ। जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन सकेन’, उनले भने, ‘कांग्रेसले ३६ वर्ष, एमालेले ३५ वर्ष, माओवादीले करिब १७ वर्ष सत्ता चलाए। दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए। ठुला भनिएका दलका नेता र कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो पत्तै भएन। दलहरूको प्रष्टीकरणको विरुद्ध हामीले नयाँ पार्टी खोलेका हौँ।’

    शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी कुनै एक दल थप्ने नभई राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्नका लागि साधनको रूपमा स्थापना भएको जिकिर गरे। जेनजी विद्रोह राजनीतिक दलका सांस्कृतिक प्रष्टीकरण, सत्तामा म्युजिक चियर सामाजिक सञ्जाल खुला र नेतृत्वको हस्तान्तरण भएको उनले बताए। तर जेनजी विद्रोहको भावना विपरीत ठुला दलका नेताहरू लागेको शर्माले आरोप लगाए।