गठबन्धनको बैठक बाट बाहिरिए प्रचण्ड - Chaitanya News
  • 2026-05-07
  • 09:47:29
  • बिहिबार,बैशाख २४, २०८३
  • गठबन्धनको बैठक बाट बाहिरिए प्रचण्ड

    गठबन्धनको बैठक बाट बाहिरिए प्रचण्ड

    काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन्। उनी बालुवाटारमा जारी बैठकबाट बाहिरिएका हुन्।

    सरकार निर्माणका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ। त्यसअघि नै दलहरू सहमतिमा पुग्नुपर्ने बाध्यता छ।

    गठबन्धनभित्र सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको बताइन्छ। तर, कांग्रेस वा माओवादी कुन दलले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन। दलहरूको आ–आफ्नै दाबी छ।