ओलीले भने: नेसनल भोलेन्टियर फोर्ससँग कोही आत्तिनुपर्दैन - Chaitanya News
  • 2026-06-24
  • 05:14:07
  • मंगलबार,आषाढ ०९, २०८३
  • ओलीले भने: नेसनल भोलेन्टियर फोर्ससँग कोही आत्तिनुपर्दैन

    ओलीले भने: नेसनल भोलेन्टियर फोर्ससँग कोही आत्तिनुपर्दैन

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन्।

    आज (शुक्रबार) युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताएका हुन्।

    ‘यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएको हो। त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनुपर्दैन, डराउनुपर्दैन’, अध्यक्षको ओलीको भनाइ छ।

    अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने बताए।