काठमाडौँ– आज (शुक्रबार) राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तय भएको छ।
बैठक बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्नेछ।
बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।