प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक - Chaitanya News
  • 2026-05-08
  • 11:10:38
  • शुक्रबार,बैशाख २५, २०८३
  • प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

    प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन्।

    आज (बिहीबार) दिउँसो साढे २ बजे सिंहदरवारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो।

    बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ। यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो।

    गृहमन्त्री ओमप्रकाश अर्यालले आजै बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरवारमा छलफल गरेका थिए।

    सिमरामा बुधबार जेन जेड युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए। एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।

    बुधबार साँझ ८ बजेसम्म कर्फ्यु लगाइएको थियो। आज पुनः अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यु लगाइएको छ। उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ।