सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-06-21
  • 05:33:52
  • शनिबार,आषाढ ०६, २०८३
  • सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ कायम भएको हो।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।