गाउँपालिकाको नाम र केन्द्र परिवर्तन - Chaitanya News
  • 2026-10-17
  • 21:44:00
  • शनिबार,कार्तिक ०१, २०८३
  • गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

    गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

    काठमाडौँ– सरकारले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ।

    हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको मार्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता एव सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेका अनुसार मार्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी मार्चवारीमाई र वडा नम्बर ३ रायपुरबाट वडा नम्बर ४ खैरा केन्द्र कायम गर्ने निर्णय गरिएको छ।