नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी अमृतमान श्रेष्ठलाई - Chaitanya News
  • 2026-10-17
  • 21:44:19
  • शनिबार,कार्तिक ०१, २०८३
  • नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी अमृतमान श्रेष्ठलाई

    नेपाल वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी अमृतमान श्रेष्ठलाई

    काठमाडौँ– नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठ निगमको कार्यवाहक महाप्रबन्धकमा नियुक्त भएका छन् ।

    हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो।

    निगमका केही अत्यावश्यक काम तत्काल निर्णय लिनुपर्ने भएकाले मन्त्रिपरिषद्ले सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरेको हो।