काठमाडौँ– आज (बुधबार) प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबारे १ सय २३ दलसँग छलफल गर्ने भएकी छन्।
आज दिउँसो ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलहरूलाई बोलाइएको छ। फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन्।