काठमाडौँ– आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने तय भएको छ ।
बैठक प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेकोहो । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने स्रोतले जानकारी दिएको छ।
आजको बैठकमा समाज कल्याण परिषदमा पनि केही नियुक्तिको निर्णय हुन सक्ने बताइएको छ।