काठमाडौँ– तीन जना उपसचिवको सरुवा भएको छ। आज (सोमबार) गृह मन्त्रालयले तीन जना उपसचिवको सरुवा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिँदै खटाएको छ।
सोसँगै बाजुराका प्रजिअ गणेश प्रसाद पौडेललाई पर्वत जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय मोरङको सहायक प्रमुख जिल्ला अधिकारीमा पवन कोइरालालाई सरुवा गरिएको स्रोतले जानकारी दिएको छ।