राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजारले गराए नयाँ मतदाता नामावली दर्ता - Chaitanya News
  • 2026-05-08
  • 12:18:42
  • शुक्रबार,बैशाख २५, २०८३
  • राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजारले गराए नयाँ मतदाता नामावली दर्ता

    राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजारले गराए नयाँ मतदाता नामावली दर्ता

    काठमाडौँ– राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन्।

    निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्।

    यो सङ्ख्या नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ।

    आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ। अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ।