पोखरा– गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएको छ।
सरुवा हुनेमा अधिकांश कार्यालय प्रमुखहरु परेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ती कर्मचारीहरु सरुवा गरेको हो। कार्यालयका अनुसार विभिन्न समूहमा रहेका ७५ जना कर्मचारीको सरुवा भएको छ।
प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ ।
इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ। मन्त्रिपरिषद्बाट मापदण्ड पारित भएपछि सोही आधारमा सरुवाको काम गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।