काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले पुस १ गतेदेखि सुरु गर्ने ५१औँ वरिष्ठ कार्यकारी विकास कार्यक्रम (एसइडिपी) मा सहभागी हुन सहसचिव तथा सो सरहका अधिकृतलाई अनुरोध गरेको छ।
आज (आइतबार) मन्त्रालयले कार्यक्रमका लागि राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव( वा सो सरहका अधिकृत मनोनयन गरी पठाउन मन्त्रालयलाई पत्राचार गरेकाले इच्छुक सहसचिव वा सो सरहका कर्मचारीको मनोनयन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
मन्त्रालयले तालिममा सहभागी हुन इच्छुक सहसचिव वा सो सरहका कर्मचारीले ज्येष्ठता क्रमका आधारमा जानकारी खुलाइ तोकिएको ढाँचा अनुसार विवरण तयार पारी अद्यावधिक पिआइएस विवरण समेत संलग्न गरी मंसिर १ भित्र मन्त्रालयको इमेलमा पठाइदिन सकिने जनाएको छ।
![]()
![]()