२८ पार्टीले गरे दल दर्ताका लागि आयोगमा निवेदन पेस - Chaitanya News
  • 2026-06-24
  • 07:25:03
  • बुधबार,आषाढ १०, २०८३
  • २८ पार्टीले गरे दल दर्ताका लागि आयोगमा निवेदन पेस

    २८ पार्टीले गरे दल दर्ताका लागि आयोगमा निवेदन पेस

    काठमाडौँ– आज (आइतबार (३ बजेसम्म २८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टीलगायत रहेका छन्।

    यसबाहेक अहिलेसम्म ७ वटा दलले दर्ताको प्रमाणपत्र पाएको आयोगले जनाएको छ।