यस्तो छ तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक स्थिति - Chaitanya News
  • 2025-12-07
  • 10:15:33
  • आइतबार,मंसिर २१, २०८२
  • यस्तो छ तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक स्थिति

    यस्तो छ तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक स्थिति

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को तीन महिना (२०८२ असोजसम्म) को तथ्याङ्कमा आधारित ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ।

    आज (आइतबार) बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ।

    यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.२९७९ अर्ब ८१ करोड रहेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको बैंकको भनाइ छ। यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनले देखाएको छ।

    यस्तै चालु खाता रु.२३७ अर्ब ५९ करोड र शोधनान्तर रु.२६४ अर्ब ३ करोड बचतमा रहेको छ। यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ भने चालु आर्थिक विप्रेषण आप्रवाह रु.२०१ अर्ब २२ करोड रहेको छ। यस्तै निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ। यस्तै नेपाल सरकारको खर्च रु.३६४ अर्ब ५९ करोड र राजस्व परिचालन रु.२४९ अर्ब ५ करोड रहेको छ।

    यसैगरी विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतले बढेको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।