प्रधानमन्त्री कार्की र कुलमान घिसिङसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण - Chaitanya News
  • 2026-05-27
  • 08:17:15
  • बुधबार,जेठ १३, २०८३
  • प्रधानमन्त्री कार्की र कुलमान घिसिङसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण

    प्रधानमन्त्री कार्की र कुलमान घिसिङसहित ८ मन्त्रीले बुझाए सम्पत्ति विवरण

    काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन्।

    आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्री घिसिङले सम्पत्ति विवरण बुझाएका हुन्।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिए।

    जेन जेड आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय छन्। पछिल्लो पटक मन्त्रीमण्डलमा समावेश भएका दुई मन्त्रीले सम्पत्ति वितरण बुझाउन बाँकी रहेको सहसचिव अर्यालले जानकारी बताए।