अब शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ता सेव उपलब्ध रहने - Chaitanya News
  • 2026-10-17
  • 00:47:37
  • शुक्रबार,आश्विन ३०, २०८३
  • अब शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ता सेव उपलब्ध रहने

    अब शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ता सेव उपलब्ध रहने

    जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय महोत्तरीले शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी सेवा उपलब्ध रहने जनाएको छ।

    प्रशासकीय अधिकृत शशी मोहन दासले शुक्रबार विज्ञप्ति सूचना जारी गर्दै शनिबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ता सेवा प्रदान गरिने जानकारी दिए।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीसँगै इलाका प्रशासन कार्यालय गौशाला, बर्दिबास र रामगोपालपुरबाट पनि सेवा उपलब्ध गराइने जारी सूचनामा उल्लेख गरिएको छ।