नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त, हेर्नुस् सूचना - Chaitanya News
  • 2026-05-13
  • 02:48:46
  • मंगलबार,बैशाख २९, २०८३
  • नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त, हेर्नुस् सूचना

    नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त, हेर्नुस् सूचना

    काठमाडौँ– नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    आज (शुक्रबार) भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सूचना मार्फत सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

    खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ।

    दरखास्त आजबाट मंसिर २७ गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर पुष ५ गतेसम्म दरखास्त दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ।