आईजीपी कार्कीको पहिलो निर्णय: वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा दिने - Chaitanya News
  • 2026-05-13
  • 02:48:47
  • मंगलबार,बैशाख २९, २०८३
  • आईजीपी कार्कीको पहिलो निर्णय: वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा दिने

    आईजीपी कार्कीको पहिलो निर्णय: वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा दिने

    काठमाडौँ– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक ९सई०सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन्।

    आइजिपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयको रूपमा सहुलियत कर्जा बढाउने निर्णय गरेका हुन्। पीसीसी (पोलिसी कोअर्डिनेशन) कमिटीबाट यो निर्णय पारित समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबी नारायण काफ्लेले बताए।

    आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जा दिइने छ। यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ। शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन दिइने छ।

    पाँच प्रतिशतका दरले प्रहरीमा यस्तो कर्जा उपलब्ध गराउँदै आइएको छ। यस्तो कर्जा एक वर्षभित्र तिरिसक्नुपर्ने हुन्छ।