विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गरिँदै - Chaitanya News
  • 2026-06-24
  • 09:25:14
  • बुधबार,आषाढ १०, २०८३
  • विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गरिँदै

    विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गरिँदै

    काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्न लागिएको बताएका छन्।

    आज (बिहीवार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

    ‘हामी विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे कानुन संशोधन प्रक्रिया अगाडि बढाएका छौँ,’ गृहमन्त्री अर्यालले भने।

    प्राविधिक रूपमा कसरी काम गर्ने भनेर नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको उनले बताए।

    यसअघि गृह मन्त्रालयले आवश्यक ऐन संशोधन गर्ने गरी अध्यादेशको मस्यौदा सुझावका लागि निर्वाचन आयोग पठाएको थियो। आयोगले सुझाव दिइसकेको छ।