बागमती प्रदेशका प्रमुख सचिवको ५ महिनामै सरुवा - Chaitanya News
  • 2026-06-27
  • 06:14:21
  • शनिबार,आषाढ १३, २०८३
  • बागमती प्रदेशका प्रमुख सचिवको ५ महिनामै सरुवा

    बागमती प्रदेशका प्रमुख सचिवको ५ महिनामै सरुवा

    हेटौँडा– बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा भएको छ । जिम्मेवारी पाएको ५ महिनामै उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो।

    अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो।

    बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्किएका हुन्।

    सोमबार कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। उनले शुक्रबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन्।

    बराल यसअघि उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए।