निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई - Chaitanya News
  • 2026-05-09
  • 20:08:11
  • शनिबार,बैशाख २६, २०८३
  • निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

    निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

    काठमाडौँ– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाइएको छ।

    आज साढे ११ बजे दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

    आयोग र दलहरूबिच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ। यसअघि अयोगले गत असोज ३० गते पनि दलहरूसँग छलफल गरेको थियो।