काठमाडौँ– नेपाल वायु सेवा निगम हाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । नेपाल वायु सेवा निगम हाप्रबन्धकका (नेवानि)मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न छनोट समितिले आज (बिहीवार) एक सुचना मार्फत दरखास्त आह्वान गरेको हो ।
समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पद पूर्ति गर्नको लागि महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवारमा दरखास्त दिन सक्नेछन्।
आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ।
