भीम रावलले भने: ‘नेकपाबाट बिछोड हुँदाको आलो घाउमा मलहमको महसुस भइरहेको छ’ - Chaitanya News
  • 2026-05-09
  • 20:09:04
  • शनिबार,बैशाख २६, २०८३
  • भीम रावलले भने: ‘नेकपाबाट बिछोड हुँदाको आलो घाउमा मलहमको महसुस भइरहेको छ’

    भीम रावलले भने: ‘नेकपाबाट बिछोड हुँदाको आलो घाउमा मलहमको महसुस भइरहेको छ’

    काठमाडौँ– मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताएका छन्।

    नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए। उनले नेकपा विभाजनको प्रसंग पनि सम्झिए।

    उनले भने, ‘जुन बेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नको लागि विभाजन गरेर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौँ। आज फर्किएर नेपाली कम्युनिस्ट पार्टी अन्तरगत यहाँ छौँ। त्यो बिछोडको आलो घाउमा मलहम लागेको महसुस भइरहेको छ।’