काठमाडौँ– लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य पदहरूका लागि कर्मचारी आवेदन आह्वान गरेको छ।
आयोगले आज एक सूचना मार्फत निजामतीतर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन आह्वान गरेको हो।
आयोगका अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन्। यस्तै, दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ।
आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।
![]()
![]()