विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग - Chaitanya News
  • 2026-05-09
  • 20:52:52
  • शनिबार,बैशाख २६, २०८३
  • विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

    विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

    काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ।

    पार्टी महासचिव विप्लव सीका नाममा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘ जेन जेड विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन्। सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चा बन्दीमा सहभागी बन्दै छन्। व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्। यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं।’

    २०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो। राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको र केही महत्त्वपूर्ण कार्यक्रम गरेको विप्लवले बताएका छन्।