भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै - Chaitanya News
  • 2026-05-09
  • 20:51:31
  • शनिबार,बैशाख २६, २०८३
  • भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।

    आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन्।

    आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै छन्।