सरकारले गर्‍यो २ सय ५६ अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत - Chaitanya News
  • 2026-05-13
  • 03:49:41
  • मंगलबार,बैशाख २९, २०८३
  • सरकारले गर्‍यो २ सय ५६ अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत

    सरकारले गर्‍यो २ सय ५६ अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत

    काठमाडौँ– २ सय ५६ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत भएको छ। आज (मंगलबार) सरकारले २ सय ५६ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

    हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका २ सय ५६ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदशि खरेलले बताए।

    सरकारले स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल, धनगढी, कैलाली सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके, डडेलधुरा अस्पताल, डडेलधुरा र कान्ति बाल अस्पताल, काठमाडौँको आ.व. ०८२–८३ का लागि अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।