आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-09
  • 20:51:29
  • शनिबार,बैशाख २६, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ।

    जस अन्तर्गत बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची तय भएको संसदीय समितिको सचिवालयले जनाएको छ।

    यस्तै, बिहान १० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा जेन जेड आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।