लोकसेवाका परीक्षामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै - Chaitanya News
  • 2026-06-27
  • 10:37:45
  • शनिबार,आषाढ १३, २०८३
  • लोकसेवाका परीक्षामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

    लोकसेवाका परीक्षामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

    काठमाडौं– लोकसेवा आयोगले लिएका विभिन्न परीक्षामा फारम भर्नेमा बाहुन, क्षेत्री नै धेरै रहेको पाइएको छ।

    लोक सेवा आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदनले यस्तो देखाएको हो। उक्त आवमा आयोगको परीक्षामा सहभागी हुने फाराम भर्ने उम्मेदवारमा बाहुन, क्षेत्री समुदायका धेरै छन्।

    प्रतिवेदन अनुसार फाराम भर्नेमा २३.८ प्रतिशत बाहुन र १८.२५ प्रतिशत क्षेत्री समुदायका छन्। प्रतिवेदनमा उक्त अवधिमा आयोगमा प्राप्त ४ लाख ५९ हजार ८ सय ३४ दरखास्तमध्ये ब्राह्मण ९पहाडी०, क्षेत्री, थारू, यादव र मगर समुदायको बाहुल्य क्रमशः देखिएको छ।