काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ४० वर्ष मुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ।
चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले युवाहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गरिएको हो।
यस्तै विदेशबाट फर्किएका नागरिक उम्मेदवार बन्न चाहेमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ। ‘जेनजीको स्पिरिडको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षमुनिका युवाका लागि उनीहरूको जनसङ्ख्याको अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यस्तै प्रदेशबाट फर्किएका नेपाली उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ’, पार्टीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
यस्तै फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भएकाले पूर्वनिधारित महाधिवेशन मिति ६ महिना पर सारेको छ। चार सय प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ।
कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन,उपसभापति डा.स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कवीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
डा।तोसिमा कार्कीले पार्टी सुधार मार्गचित्र सम्बन्धी फरक मत पेस गरेकी थिइन्। केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ, चितवन, झापा, रुपन्देही समितिले सुझाव पेस गरेका थिए। पाँचवटै प्रतिवेदनमा सात समूहले सुझाव दिएका थिए।
के–के छन् निर्णय ?
![]()
![]()
![]()