कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : अध्यक्ष ओली - Chaitanya News
  • 2025-11-08
  • 11:40:45
  • शनिबार,कार्तिक २३, २०८२
  • कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : अध्यक्ष ओली

    कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : अध्यक्ष ओली

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी सरकार भएको आरोप लगाएका छन्।

    आज (शुक्रबार) एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा काठमाडौंमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्की संविधान मिचेर प्रधानमन्त्री बनेको आरोप लगाएका हुन्।

    यस्तै उनले भने,असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा, प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन। मानव अधिकार आयोगमा बाहेक कुनै जागिरमा मिल्दैन,’ ‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश भएको मानिस आफैंले संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो।’

    कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री नचुनिने तर्क गरे। ‘शासनमा डिस्कर्डबाट पुगेको अरे, दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छन् ?,’ उनले थपे, ‘डिस्कर्डबाट भोटिङ पनि गरेको अरे, २–३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भए अनि भोटिङ पनि गरेको रे !’