बाबुराम भट्टराईले गरे विभिन्न राजनीतिक दलका नेतासँग छलफल, को–को छन् सहभागी ? - Chaitanya News
  • 2025-11-08
  • 16:12:54
  • शनिबार,कार्तिक २३, २०८२
  • बाबुराम भट्टराईले गरे विभिन्न राजनीतिक दलका नेतासँग छलफल, को–को छन् सहभागी ?

    बाबुराम भट्टराईले गरे विभिन्न राजनीतिक दलका नेतासँग छलफल, को–को छन् सहभागी ?

    काठमाडौँ– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गरेका छन्।

    जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनः गठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ।

    छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यवाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी छन् ।