प्रचण्डले जनार्दनलाई भने: अझै विचार गर्नुस् - Chaitanya News
  • 2026-06-24
  • 16:54:52
  • बुधबार,आषाढ १०, २०८३
  • प्रचण्डले जनार्दनलाई भने: अझै विचार गर्नुस्

    प्रचण्डले जनार्दनलाई भने: अझै विचार गर्नुस्

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट बिदा मागेका नेता जनार्दन शर्मालाई फर्कन अपिल गरेका छन्।

    नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेका हुन्।

    अझै पनि तपाईं विचार गर्नुस्, तपाईं फर्कनुस्। अझै अगाडि जानुपर्छ भनेर अपिल गर्नुभएको छ,’ प्रचण्डको भनाइबारे जानकारी गराउँदै नेता अग्निप्रसाद सापकोटाले भने, ‘देशभक्तहरू एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभयो। नेतृत्वको टिम निर्माण गर्ने कुरा पनि बताउनुभएको छ।’

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सापकोटाले राष्ट्रिय मुक्ति आन्दोलनका लागि शक्तिशाली आधार तयार भएको जिकिर गरे।

    ‘समाजवादी क्रान्तितिर अग्रसर भएको छ। समाजवादी क्रान्तिको एउटा झल्को जेनजी आन्दोलनले दिएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने।