Chaitanyakhabar
काठमाडौँ– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेको छ
सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकलेगरेका विभिन्न १३ निर्णय सार्वजनिक गरेका हुन्।
पौरस्त्य प्रज्ञाको पुनर्जागरण: विश्वशान्तिको नयाँ क्षितिज
नवरात्रको नवौँ दिन सिद्धिदात्रीको पूजा, विजयादशमीको प्रतीक्षा
आज दसैँको नवौँ दिन महानवमी, नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको आराधना गरिदै
दृष्टिकोणको उज्यालोमा सोचाइ र व्यक्तित्वको रूपान्तरण
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव सभ्यताको दीर्घ यात्रालाई नियाल्दा पूर्वीय अर्थात् पौरस्त्य चिन्तन मानव चेतनाको गहिराइमा प्रवेश गर्ने एउटा विशाल बौद्धिक परम्परा हो। यसको केन्द्रमा मानिस र प्रकृतिको सम्बन्ध, आत्मा र चेतनाको स्वरूप, नैतिक जीवन, कर्तव्य, करुणा, संयम, सहअस्तित्व र अन्ततः जीवनको परम अर्थबारेको खोज रहेको पाइन्छ। भारतीय वैदिक परम्परा, उपनिषद्, बौद्ध दर्शन, जैन…
काठमाडौँ– बडादशैं तथा नवरात्रको नवौँ दिन आज नवदुर्गामध्येकी नवौँ स्वरूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल नवमीका अवसरमा घरघरका दशैंघर तथा पूजाकोठामा विधिपूर्वक देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ। नवरात्रका नौ दिनसम्म गरिने दुर्गा भवानीको विशेष आराधनाअन्तर्गत नवौँ दिनलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। वैदिक सनातन धर्मावलम्बीले नवरात्रका नौ दिनसम्म क्रमशः नवदुर्गाका विभिन्न…
काठमाडौँ– बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गामध्येकी अन्तिम देवी सिद्धिदात्रीको विशेष पूजाआराधना गरी मनाइँदै छ। आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा दर्शन, पूजाआजा र धार्मिक अनुष्ठान गर्ने परम्परा छ। महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिन राखिएको जमरा चढाइन्छ। यस दिन दुर्गा…
काठमाडौँ– नेपाली समाजमा दशैँ केवल एउटा चाड होइन, आस्था, संस्कृति, परम्परा, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको संगम हो। वर्षभरि आ–आफ्नो काममा व्यस्त रहने मानिसहरू दशैँको अवसरमा घर फर्किन्छन्, परिवारसँग समय बिताउँछन्, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्छन् तथा आफन्तसँग खुसी साटासाट गर्छन्। गाउँदेखि सहरसम्म, हिमालदेखि तराईसम्म दशैँले नेपाली समाजमा विशेष उत्साह र उमङ्ग ल्याउँछ। आश्विन…
काठमाडौँ: यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते महाअष्टमीका अवसरमा गरिएका धार्मिक कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा दोहोर्याउनुपर्ने समितिका…
तोमनाथ उप्रेती: मोरङको झोराहाटमा जन्मिएका नेत्र खतिवडा नेपाली मुक्तक साहित्यका संवेदनशील, श्रमशील र जीवनानुभवले परिपक्व बनेका स्रष्टा हुन्। उनको मुक्तक सङ्ग्रह ‘ढुंगो फुलेपछि’ पढ्दा पहिलो अनुभूति यही हुन्छ—यी मुक्तकहरू जीवनको कठोर धरातलमा घोटिएर आएका छन्। यहाँ शब्दहरूको जरामा भोगाइ छ। पीडा छ। विसंगतिसँगको मुठभेड छ। सामाजिक अन्यायप्रतिको असन्तोष छ। परिवर्तनको आकांक्षा छ। त्यसैले ‘ढुंगो फुलेपछि’…