शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता - Chaitanya News
  • 2026-06-24
  • 16:53:14
  • बुधबार,आषाढ १०, २०८३
  • शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता

    शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

    आम चुनावमा भोट दिनका लागि पहिलो चोटि नयाँ बानेश्वर गएर नाम दर्ता गराएका हुन्।

    ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटि नयाँ बानेश्वर गएर नाम दर्ता गरियो। १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरीकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ मन्त्री पुनले लेखेका छन्।

    अब आउने सरकार जेन जेडको बन्नुपर्ने उनले बताएका छन्।

    ‘भगवान् कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य साबित भइसक्यो। लौ त भाइबहिनीहरू भोटर लिस्टमा नाम लेखाउन गैहाल त,’ उनले लेखेका छन्।