फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने - Chaitanya News
  • 2026-06-24
  • 16:54:52
  • बुधबार,आषाढ १०, २०८३
  • फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने

    फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने

    काठमाडौं– आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ। यसअघि प्रयोग भएकै मतपेटिका पुनःप्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘मतपेटिका शतप्रतिशत नै छ।’ अन्य आवश्यक सामग्रीय खरिदसहितको निर्वाचन बजेट तयार भएको छ। तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ।

    निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ।

    निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ। अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यकक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ।

    यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्न मिल्ने सामग्रीहरूमा मतपेटिका समेत छ।