सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु - Chaitanya News
  • 2026-06-03
  • 23:41:57
  • बुधबार,जेठ २०, २०८३
  • सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं– सिरहामा मोटरसाइकल पल्टिएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका– ७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन्।

    मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।