पहुँचका भरमा भर्ती गरिएका करारका सबै कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-05-13
  • 07:35:10
  • बुधबार,बैशाख ३०, २०८३
  • पहुँचका भरमा भर्ती गरिएका करारका सबै कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

    पहुँचका भरमा भर्ती गरिएका करारका सबै कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्।

    पर्यटन मन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर सो निर्देशन दिएकी हुन्।

    नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी हुन्।

    उनले भनिन्, ‘जेन जेडहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो ?