आजदेखि मैले राजनीतिकरूपमा अर्को जन्म भएको महसुस गरे : महामन्त्री शर्मा - Chaitanya News
  • 2026-05-07
  • 09:08:28
  • बिहिबार,बैशाख २४, २०८३
  • आजदेखि मैले राजनीतिकरूपमा अर्को जन्म भएको महसुस गरे : महामन्त्री शर्मा

    आजदेखि मैले राजनीतिकरूपमा अर्को जन्म भएको महसुस गरे : महामन्त्री शर्मा

    काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन।

    आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बतएका हु। उनले पहिलो पटक सांसदको शपथ लिँदा आफूले नागरिकको विषयलाई गम्भीरताका साथ लिएको बताए।

    उनले भने ‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएको छु। शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ। जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिकरूपमा अर्को जन्म भएको महसुस गरेँ। मैले इमानदारितापूर्वक कार्य गर्नुपर्छ।’

    महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए।