आजदेखि सबै सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुला रहने - Chaitanya News
  • 2026-10-20
  • 20:25:46
  • मंगलबार,कार्तिक ०४, २०८३
  • आजदेखि सबै सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुला रहने

    आजदेखि सबै सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुला रहने

    काठमाडौँ– आजदेखि सबै सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्रै खुला रहने भएका छन्।

    जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।

    सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।