काठमाडौँ– दुई उपरथीसहित पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
आज (आइतबार) जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर विष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथी, अधिकृतहरूका साथै पदोन्नति भएका रथी तथा अधिकृतका परिवारजनको उपस्थिति थियो।