काठमाडौं– प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन्। खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनले संघीय सांसदको शपथग्रहण गर्नुभन्दा एक दिन अगाडि नै राजीनामा दिएका हुन्।
२०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए। राईले खोटाङबाट एमाले नेता विशाल भट्टराईलाई पराजित गरेका हुन्। भट्टराईले २८ हजार ६८२ मत ल्याउँदा राईले ३१ हजार ३५१ मत ल्याएर विजयी बनेका हुन्।
उनले हिजो नै मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएको मन्त्री राईका स्वकीय सचिव जीवन राईले जानकारी दिए।