हर्क साम्पाङ नेतृत्वको पार्टीले आज आधिकारिता पाउँदै, पदाधिकारीमा को–को छन् ? - Chaitanya News
  • 2026-05-10
  • 14:38:08
  • आइतबार,बैशाख २७, २०८३
  • हर्क साम्पाङ नेतृत्वको पार्टीले आज आधिकारिता पाउँदै, पदाधिकारीमा को–को छन् ?

    हर्क साम्पाङ नेतृत्वको पार्टीले आज आधिकारिता पाउँदै, पदाधिकारीमा को–को छन् ?

    काठमाडौं– धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिता पाउँदैछ। निर्वाचन आयोगका आधिकारिता प्राप्तको प्रमणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए।

    चुनाव चिन्ह माटो राखिएको छ। कति जना केन्द्रीय सदस्य २८ जना रहेका छन्। पाँच जना पदाधिकारी रहेका छन्। यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन। उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन्। प्रवक्तामा अरुण गुरुङ रहेका छन्।

    गत असोज १२ गते आइतबार साम्पाङले आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए। आज साम्पाङ आफैँ दल दर्ताको प्रमाणपत्र लिन उपस्थित हुने कार्यक्रम छ।